सावधान ! दिउँसो सुत्ने बानी छ ? सताउलान् है यस्ता रोगले ख्याल गरौ

हेटौंडा टुडे
२५ जेष्ठ २०७७, आईतवार २२:०७

जेठ् २५ , हेटौंडा

के तपाईको दिउसो सुत्ने बानि छ उसो भए यो पढ्नुहोस । शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ । तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ ।

दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ । त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ । यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ । तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ । विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ ।

वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ । असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ । कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अंगलाई आराम दिन दिउँसो सुत्दा हुन्छ ।

एजेन्सिको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*