हेटौंडाका युवा बिद्यार्थीको खिर खाने कार्यक्रम सिआन पुर्नस्थापना केन्द्रमा

टुडे संवादाता
१५ श्रावण २०७७, बिहीबार २०:२६

साउन १५,हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित सिआन पुर्नस्थापना केन्द्रमा उपचार गराईरहेका मानिसहरुलाई हेटौंडाका युवा बिद्यार्थीहरुले मास्क तथा सेनिटाईजर वितरण गरि खिर खुवाएका छन । हेटौंडा क्याम्पसमा आध्ययनरत बिद्यार्थी अभि मैनालिको संयोजकत्वको युवा विद्यार्थी टोलिले साउन १५ गतेको अवसरमा खिर खुवाएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेटौंडा-४ का अध्यक्ष शिवहरी दहालको प्रमुख आतिथ्यता भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी दहालले लागू आशध दुर्बेयशनिमा लागेका युवा हरुलाई बिगतका दिनलाई भुलेर अब आफुलाई परिवर्तन गरि देश निर्माणमा लाग्न आग्रह गर्नुभयो ।उहाँले सरकार संघ समन्वय गरि सुधार गृहको ब्यबस्थापनमा सहकर्य गर्ने प्रतिबध्ता ब्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी हेटौंडा-४ का अध्यक्ष शिवहरी दहाल मामाभान्जी दूध डेरि एन्ड सप्लाएर्स हेटौंडा ४ ,भुवन किराना स्टोर हेटौंडा ९ ,हेटौंडा क्याम्पस पब्लिक क्याम्पस प्राद्यापक सघका सचीव मनोज पोखरेल ,हेटौंडा क्याम्पस युवा रेड्क्रस सर्कलका सचीव दिपेश लामिछाने लगाएतको सहयोगमा कार्यक्रम गरीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*