उपत्यकाकामा मात्रै ११९ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२९ श्रावण २०७७, बिहीबार १७:१३

काठमाडौं / आज थपिएका संक्रमितमध्ये ११९ जना उपत्यकाका छन् । काठमाडौंका १११, भक्तपुरका ५ र ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित धनुषा, मोरङ, सप्तरी, सिरहा, बारा, पर्सा, सर्लाही, चितवन लगायतका छन् ।

आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८३७ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १०९ संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा यसबारे पुष्टि गरेका हुन् । कोरोना भाईरसका कारण हालसम्म ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*