हेटौंडा। हेटौंडामा भइरहेको बृहत दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा चैत ९ गते (आज) गायिका रचना रिमाल आउने भएकी छिन। साथै मोडल तथा डान्सर प्रिती पास्वान, र्यापर इन्द्रमान आत्मा (आलु दाइ) र गायिका प्रतिक्षा ढकाल आउने छन। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा १० स्थित टिसिएनको चौरमा महोत्सव भइरहेको छ। महोत्सव फागुन २९ गते देखि चैत १४ गते सम्म हुनेछ।
सेयर गर्नुहोस्


















