हेटौंडा र थाहानगर गरि मकवानपुरका थप ३० जनामा कोरोना पुष्टि

हेटौडा टुडे
५ भाद्र २०७७, शुक्रबार १४:३७

हेटौंडा / मकवानपुरमा आज थप ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगर पालिकामा २८ जनामा र थाहानगरका २ जनामा भाईरस संक्रमण पुष्टि छ । साउन ३२ गते संकलन गरीएको स्वाबको हेटौँडा १० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा थप ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला चौँलागाईले जानकारी दिए ।

जनस्वास्थ्य निरीक्षक चौलागाइ अनुसार हेटौंडा १ का ५ जना, २ का ४ जना, ४ का ४ जना, ५ का २ जना, ६ का १ जaनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै ७ नम्बर वडाका १ जना, ८ नम्बर वडाका ६ जना, ९ नमबर वडाका १ जना, १० नम्बर वडाका २ जना, १४ र १५ नम्बर वडाका १ र १ जनामा संक्रमण भएको छ । त्यस्तै थाहा नगरपालिका १० का २ जनामा कोरोना भाइरस संक्रमित थपिएका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*