जन्मदिनमा रुँदै माफी मागिन् दीपाश्रीले -माफी दिनुस्, अब गल्ति गर्दिन

टुडे संवादाता
२०७७ भाद्र ७, आईतवार १२:२१ गते

काठमाडौं /कलाकार दीपाश्री निरौला गएको महिना एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण विवादमा परेको विषयमा आफैले स्पष्ट गरेकी छन् ।

अन्तर्वार्ता विवादमा परेपछि दीपाले आफुले तीन गल्ति गरेको बताउदै माफी मागेकी छन् ।

दीपाले आफ्नी जन्मदिन पारेर आफ्ना फ्यानहरुसँग आफ्नो गल्ति स्वीकार गर्दै अब यस्ता गल्ति नगर्ने प्रण समेत गरेकी छन् ।

उक्त अन्तर्वार्तामा आफूबाट तीनवटा घरमा विवाहको माहोल चलिरहँदा विना तयारी अन्तर्वार्तामा जानु, अन्तर्वार्तामा घिचिला पेचिला प्रश्नका कारण आफ्नो आवेगलाई कन्ट्रोल गर्न नसक्दा बडी ल्याङ्वेजमा समस्या आउनु र आफू एक कलाकार भएर अग्रज कलाकार राजेश हमालप्रति टिप्पणी गर्नु आफ्ना प्रमुख गल्ती भएको बताएकी छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै तीन दशकको कला यात्रामा आधा समय दुःखमा वितेको र अहिले काममा सफलता मिले पनि व्यक्तित्व विकासका कुरामा आफूमा अझै कमजोरी रहेको बताएकी छन् । उनले भोलीका दिनमा पुनः त्यस प्रकारका गल्ती नदोहोर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

मिडियामा कसरी प्रस्तुत हुने, कसरी शिष्ट हुने, कसरी चलाखीपूर्ण जवाफ दिनेलगायतका कुरामा आफूमा अझै कमजोरी रहेको उनको आत्ममुल्यांकन छ । उनी भन्छिन्, ‘यी कुराले मलाई ठूलो शिक्षा दियो । ठूलो आँधि बेरी आउँदा रुखका कुहिएका फलहरु झरे झैँ यो घटनाले ममा भएका कमी कमजोरी झार्‍यो ।’ उनले आफूबाट भएका गल्तीका लागि दर्शकसँग पुनः माफी पनि मागेकी छन् ।

दीपाले भावुक हुँदै भनेकी छन्, ‘अन्तर्वार्ता युट्युबमा आएपछि दिनानुदिन मलाई एकपछि अर्को गालीगलौच र तिस्कारका शब्दहरु आयो ।’

शुभचिन्तक तथा आफन्तहरुको माया, साथ र हौसलाले आफू उठ्न सफल भएको बताउँदै उनले भनेकी छन्, ‘आज मेरो जन्मदिनमा केही प्रण गर्न चाहन्छु । अब कहिल्यै यस्ता गल्तीहरु दोहोर्‍याउँदिनँ । आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिन्छु । अझ राम्रो फिल्म बनाउने कोशिश गर्नेछु ।’

https://www.facebook.com/100001634183601/videos/3412083022189470/?extid=5rHW3MZOPiCqixaI

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*