हेटौंडा/जेसिआइ हेटौंडा द्वारा आयोजित जेसिजसप्ताह अन्तरगत दोस्रो दिन को अनलाइन बाट प्रपोजल राइटिङ ट्रेनिङ सम्पन्न भएको छ ।कार्यक्रम जेसिआइ हेटौंडा का अध्यक्ष राजदेब बानियाँ को सभाध्यक्षता मा सम्पन्न भएको हो।
कार्यक्रम को प्रमुख अतिथी एवम मुख्य प्रशिक्षक जेसिआइ हेटौंडा सन २००३ का अध्यक्ष जेसि डाक्टर बासु सुवेदी रहनुभएको थियो।उनले जेसिज ले यस्ता खाल का कार्यक्रम तथा ट्रेनिङ को आयोजना गर्नु निकै सुखद भएको बताउदै आगामी दिन मा नि यस्ता कार्यक्रम हरु हुनुपर्ने र त्यसमा आफ्नो सबै किसिम का सहयोग र साथ रहने बताउनु भयो ।
जेसिआइ हेटौंडाका कार्यकारीणि उपाध्यक्ष एवम जेसिज सप्ताह मुल कार्यक्रम सम्योजक जेसि पवन कङ्साकार ज्यु ले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रम को अतिथी हरु मा जेसिआइ हेटौंडा का पुर्ब अध्यक्ष हरु जेसि श्याम पौडेल ,जेसि गणेश कुमार श्रेस्ठ ,,जेसिआइ सिनेटर दिपकराज मिश्र र जेसिआइ सिनेटर अरुण कुमार दाहाल रहनु भएको थियो भने कार्यक्रम को बिशिस्ट अतिथी नेपाल जेसिज का पुर्ब रास्टिय अध्यक्ष जेसिआइ सिनेटर राजेश मोहन प्रधान रहनु भएको थियो ।
कार्यक्रममा हेटौंडा लेडि जेसिज का अध्यक्ष शुसिला पौडेल कार्यक्रम मा अतिथी रहनु भएको थियो ।कार्यक्रमको सन्चालन महासचिब विश्व प्रसाद गौतमले गर्नु भयो भने कार्यक्रम मा जेसिज आस्थापाठ जेसि अमृत बर्तौला ले गर्नु भएको थियो ।
आजको कार्यक्रम को कार्यक्रम सम्योजक को जिम्मेवारी मा सन २०२० का सचिब जेसि पङ्कजदास बानियाँ रहनु भएको थियो आज सन्चालित तालिम विभिन्न विभिन्न छेत्र का युवा एवम बिधार्थी हरु को उल्लेखनीय सहभागिता रहेको थियो र त्यसमा सहभागी हरु ले आफ्नो जिग्यासा को समाधान पाएको एक सहभागी सजना पान्डेले प्रतिक्रिया दिइन कार्यक्रम मा जेसिआइ हेटौंडा का पुर्ब अध्यक्ष एवम नेपाल जेसिज का पुर्ब रास्टिय अध्यक्ष राजेश मोहन प्रधान ले सुभकामना मन्तब्य दिनु हुँदै यस्तो अनुसन्धान र अध्यन लाई सहयोग पुग्ने तालिम आयोजना गरेको मा खुसी ब्यक्त गर्दै सन २०२० को टिम लाई विशेष धन्यवाद दिए ।
















