कोरोना संक्रमण पछि होम आईसोलेसनमा जादै गर्दा सवारी दुर्घटनामा परि अधिकारीको मृत्यु

हेटौंडा टुडे
३ आश्विन २०७७, शनिबार १७:०४

हेटौंडा । हेटौडा नारायणघाट सडक खण्ड अन्र्तगत हेटौंडा–१९ नेवारपानी नजिकै सवारि दुर्घटनामा परेको छ । दुर्घटनामा परि मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २९ वर्षीय दिपेन्द्र अधिकारीको ज्यान गएको छ ।

नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेकोे बा ३ ख ९६६४ नम्बरको मिनिबस र विपरित दिशातर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाईकल चालक दिपेन्द्र अधिकारी बकैया गाउँपालिकामा भुकम्प प्राधिकरण कार्यरत थियो । उनि शुक्रबार मात्र कोरोना संक्रमण भएको खबर थाहा पाए पछि आज चितवन स्थित आफ्नै घरमा आइसोलेसनमा बस्न जाँदै गरेको अबस्थामा दुर्घटनामा परेका हुन । उनको उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*