हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी भैलो नखेल्न जिल्लाबासीलाई सूचना जारि गरेको छ ।
प्रशासन कार्यालयले सूचना निकालेर तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप नगर्न भनेको हो । त्यस्तै, प्रशासनले तिहार र छठपर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग, भण्डारण, ओसारपसार र विक्रि वितरणमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी सूचनामा कोरोना संक्रमितको संख्या बढिरहेकोले तिहार तथा छठ लगायतका पर्व मनाउँदा आफ्नो घरमा स्वास्थ्य एवं सुरक्षाका मापदण्ड पालन गर्न अनुरोध गरिएको छ ।
हेर्नुहोस सूचना,
सेयर गर्नुहोस्