मनहरी ९ खरङ्गामा गाडीको ठक्करबाट एक पुरुष गम्भीर घाइते

टुडे संवादाता
३० मंसिर २०७७, मंगलवार ११:२७

हेटौंडा /मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर ९ स्थित खरङ्गामा सोमबार राति नम्बर नखुलेको गाडीले ठक्कर दिदा एकजना पुरुष गम्भीर घाइते भएका छन् । घाईते अन्दाजी ४५ बर्ष जस्तो देखिने पुरुष उनको पहिचान नभएको मकवानपुर प्रहरीले जनाएको छ ।
उनको हेटौंडामा उपचार सम्भब नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको बुझिएको छ । मानिसलाई ठक्कर दिएर गाडी भागेपछी स्थानीयले सडक अबरुद्ध पारेका छन् ।

यो समाचार तयार पार्दासम्म अवरुद्ध बाटो नखुलेको, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना सहितको टोली घटनास्थलमा रहेको र बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ । ठक्कर दिने गाडीको खोजी कार्यका लागि ब्यापक रुपमा प्रहरी परिचालन गरिएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*