हेटौंडा/आप्रवासन दिवस एकिकृत ग्रामिण बिकास सेवा मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा बैदेशिक रोजगारीको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुृक्रबार सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय आप्रवासन दिवस २०२० को अवसरमा कार्यक्रम भएको हो । एकिकृत ग्रामिण बिकास सेवा मकवानपुरकी अध्यक्ष सिता विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । सुरक्षित बैदेशिक रोजगारीमा जाने मानिसहरुलाई सुरक्षित आप्रवासन परियोजना अन्र्तगत परामर्श र सहजिकरण गर्ने काम गर्दे आएको परियोजनाकी संयोजक अन्जिता थापा मगरले बताउनुभयो ।
कारोना भाईरसका कारण रोजगारी खोसिएका ,कम्पनि बन्द भएका र भिसा अवधि सकिएका कारण रोजगारी गुमाएका ६८ वटा घटना दर्ता भएकोमा ३० वटाको सहजिकरण गर्न सफल भएको संयोजक थापाले बताउनुभयो । एकिकृत ग्रामिण बिकास सेवा मकवानपुरले हेलभेटास नेपालको प्राविधिक सहयोगमा संञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना हेटौंडा उपमहानगरपालिका ,थाहा नगरपालिका ,बकैया र मनहरी गाँउपालिकामा संञ्चालन भैरहेका छन् ।
कार्यक्रममा हेल्भेटास नेपालकी कार्यक्रम अधिकृत उमा पौडेल ,मानसिक स्वास्थ तथा परामशृ केन्द्र हेटौंडाकी सुपरभाईजर विष्णु कुमारी वाईवा ,हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष भैरब राई , वडा नम्बर १८ का अध्यक्ष अनिल बाँनिया लगाएतकाको उपस्थिति थियो ।