नेकपा माओवादी केन्द्रको हेटौंडामा राखियो बोर्ड

हेटौडा टुडे
२६ फाल्गुन २०७७, बुधबार २१:५९

हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरले जिल्ला कार्यालयमा बोर्ड राखेको छ । बुधबार एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तान र अध्यक्ष प्रेम बहादुर पुलामीको उपस्थिीमा बोर्ड राखिएको हो ।
हेटौंडा ४ गर्दइ  स्थित पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखेपछि बोल्दै इन्चर्जा मोक्तानले अदालतको फैसला सम्मान गर्न माओवादी केन्द्रको बोर्ड राखिएपनि पुनः पार्टी एकता हुने बताइन् । ‘अहिले हामी फरक फरक भएका छौं,तर पनि छिट्ट हामी एक हुनेछौं’, उनले भनिन् ।
पार्टी अध्यक्ष पुलामीले नयाँ ढंगले राजनीतिक घटना अघि बढेको बताउँदै नेकपा नेकपाकै नाममा धेरै जनप्रतिनिधिले निर्वाचन जितेकाले यसबारे संबैधानिक ब्याख्या आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा मकवानपुरका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
फोटो क्याप्सन  पार्टी कार्यालयमा बोर्ड राखिँदै । फोटो÷कृष्ण सारु मगर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*