प्रधानमन्त्री ओलीलाई देउवाको १५ बुँदे ध्यानाकर्षण पत्र

हेटौंडा टुडे
२०७८ जेष्ठ ६, बिहीबार १५:४२ गते

हेटौंडा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना महामारी नियन्त्रणलगायत विषयमा पार्टीका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर देउवाले प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

सभापति देउवाले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनु भएको छ । देउवाले खोप लगायतका स्वास्थ्य सामग्री खरिदमा देखिएका अनियमितता छानविन गर्न पनि प्रधानमन्त्री ओलीसँग माग गर्नुभएको छ ।

अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव हुँदसम्म राज्यले उचित व्यवस्थापन मिलाउन नसेको भन्दै कांग्रेसले सबैको उपचार गर्ने प्रबन्ध गर्न, नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि माग गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*