मकवानपुरगढीमा १० स्थान मध्ये २ स्थानबाट मात्र नदिजन्य पदार्थ बिक्री गर्न तरूण दल सहमत

बढि उत्खनन भएको परिमाणलाई कम प्रमाणित गर्ने कर्मचारीलाई बर्खास्त नगरे सम्म बाकि स्थानको सामग्री विक्रिमा रोक :- तरूण दल
हेटौडा टुडे
४ असार २०७८, शुक्रबार २०:४६

हेटौंडा ।  मकवानपुरगढी गाउँपालिकाकामा अनुमति भन्दा बढी नदिजन्य पदार्थ उत्खनन गरीएकोमा नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले दाबी गरे संगै हेटांैडा टुडे डटकमले यो बिषयमा समाचार सम्प्रेसण गरिरहेको छ । गत सनिबार नेपाली कांग्रेस मकवानपुरगढीले यो बिषयमा पत्रकार सम्मेलन गरे पश्चात बिभिन्न समाचार माध्ययमा आएका खबरले यो बिषय धेरै चर्चामा रह्यो ।

मकवानपुरगढीमा २ स्थानबाट मात्र नदिजन्य पदार्थ बिक्री गर्न तरूण दल सहमत भए पनि बढि उत्खनन भएको परिमाणलाई कम प्रमाणित गर्ने कर्मचारीलाई बर्खास्त नगरे सम्म बाकि स्थानको नदिजन्य पदार्थ सामग्री विक्रिमा असहमति जनाएको छ ।

मकवानपुरगढी गाउपालिकाको २, ३, ६ वडाका १० स्थानमा राखिएको मध्ये २ स्थानको नदिजन्य पदार्थ विक्रि गर्न सहमत भएको नेपाल तरूण दल मकवानपुरगढी गाउपालिका जनाएको छ । नदिजन्य पदार्थ उत्खननमा भएको अनियमितता बारे चरणबद्ध आन्दोलन गरिरहेको र नदिजन्य पदार्थ उत्खनन गरेर जम्मा गरेको १० स्थान मध्ये २ स्थानको नदिजन्य पदार्थ विक्रिका लागि सहमत भएको नेपाल तरूण दल मकवानपुरगढीले सुक्रबार एक विज्ञप्ति जारि गर्दै बताएको छ ।

यस्तो छ विज्ञप्ति

बढि उत्खनन भएको परिमाणलाई कम प्रमाणित गर्ने कर्मचारीलाई बर्खास्त नगरे सम्म बाकि  स्थानको सामग्री विक्रिमा रोक लगाएकोमा नेपाली कांग्रेस विकासको बाधक नभई आम जनताको गुनासो र समस्यालाई समाधानका लागि १० स्थान मध्ये २ स्थानको नदिजन्य सामग्री विक्रि गर्न दिने तरूण मकवानपुरगढी गाउँपालिका संयोजक सानुकान्छा थिङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बर्षातको समयमा भेल बाढिबाट बस्ति जोखिममा रहेको र त्यसले बस्तिमा थप समस्या हुन सक्ने कारणले गर्दा २ स्थानको नदिजन्य पदार्थ विक्रिका लागि सहमत भएको नेपाल तरूण दल जनाएको छ ।

यो पनि पढ्नुहोस

गढी गाँउपालिकामा तोकिए भन्दा बढी नदि उत्खनन गरेको कांग्रेसको ठहर ,विवरण सार्वजनिक नगरे पालिकामा ताला लगाउने चेतावनी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*