पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा कायम, छैन चुच्चे नक्सा

हेटौंडा टुडे
१४ असार २०७८, सोमबार १०:०५

हेटौंडा ।  पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा कायम रहेको छ । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्य पुस्तकमा राख्ने निर्णय गरेता पनि पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको छ र चुच्चे नक्सा गायब छ ।

विद्यालय तहका सामाजिक शिक्षा लगायत पुस्तकमा पुरानै नक्सा राखिएको हो । पाठ्यक्रम विकास केन्द्रले भने बजारमा पुरानै स्टक पुस्तक गएका कारण त्यस्तो पाइएको हुनसक्ने बताएको छ । गत महिना मात्र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बजारमा आएका त्यस्ता पुस्तक तुरुन्त फिर्ता लिन निर्देशन दिँदै त्यस्ता पुस्तक बिक्री वितरण गर्नेलाई कारवाही गर्ने बताउनु भएको थियो ।

यस्तै अघिल्लो वर्ष पाठ्यक्रम विकास केन्द्रले नै नेपालको नयाँ नक्सा सहित छापेको शिक्षक सहयोगी पुस्तक वितरण गर्न सरकारले नै रोक लगाएको थियो । तर अहिले बजारमा भेटिएका पुरानै नक्सा भएका किताब गत बर्ष अगाडि नै प्रकाशन भएर देशभरीका बजारमा पुगेको हुनसक्ने पाठ्यक्रम विकास केन्द्रको अनुमान छ । अघिल्लो बर्ष जेठमा प्रतिनिधि सभाले भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरे संगै त्यस यता नेपालको नक्सा प्रयोग हुने हरेक विषय क्षेत्रमा नयाँ नक्सा प्रयोग गर्न थालिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*