जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

हेटौंडा टुडे
१२ श्रावण २०७८, मंगलवार १२:२१

काठमाडौं/जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् । जसपाको कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएको हो । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ ।

यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*