
हेटौँडा/ पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टीजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर दुई हजार १२६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३३ एक जना संक्रमितको मृत्यु भएको छ।

सेयर गर्नुहोस्