हेटौंडा। सर्वोच्च अदालतले शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ ।
शैक्षिक सत्र सुरु नभई कतिपय विद्यालयहरूले विद्यार्थी भर्ना गरेको भनी प्रश्न उठाएर दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।
शैक्षिक सत्र सुरु नहुँदै कतिपय विद्यालयहरूले प्रवेश परीक्षा र प्रतिस्पर्धा प्रक्रियामा नाममा सूचना जारी गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । सर्वोच्च अदालतले शिक्षा नियमावलीको प्रतिकुल कामकारबाही नगर्नु भनी आदेश दिएको हो ।
शिक्षा विकास तथा मानव स्रोत विका केन्द्र, सानोठिमीले ५ गते प्रकाशित गरेको सूचनामा समेत वार्षिक परीक्षा सञ्चालन गरी सो को नतिजा प्रकाशन पश्चात् नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि भर्ना कार्यक्रम सञ्चालन गर्नु, गराउन निर्देशन दिएको थियो ।


















