हेटौँडा/ आइतबार ओरालो लागेको सेयर बजार मंगलबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज ६९.०५ अंकले घटेर २,९७५.८४ अंकमा सीमित भएको छ। आज बजार २.२७ प्रतिशतले घट्दा नेप्से परिसूचक २९७५.८४ अंकमा ओर्लिएको हो। आज २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता शेयर १३ अर्ब २५ करोड ९६ लाख ६ हजार १०७ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।
सेयर गर्नुहोस्