कविता : प्रश्न पुरानो

सम्बृद्धि देव
८ आश्विन २०७८, शुक्रबार ११:२२

हेटौँडा/

देश मेरो छ भग्नावशेष अवस्थामा,
पुर्खाको रगत कोरिएको छ । इतिहासको गाथामा ,
गोर्खालीका देशका जनता सुन , प्रश्न छ एउटा
कसरी छिमेकीलाई बेच्यौ ,कालापानी एक रातमा ।

जुन छहरा मुनि,शीतलताको अनुभव लिइन्थ्यो
जुन घरमाथि नेपालको झण्डा फर फराउँथ्यो

कसको शरीर लुटिदै छ ,कुन पाटीको झण्डा छ त्यहाँ,
यसको उत्तर थाहा भए पक्कै नेपाल रमाउथ्यो,
सडेको चामल थप्न तछाडमछाड, लौन
निर्मलाको हत्यारा समात्न सहज छैन ।

सुन्नेभन्दा बहिरो जन्मिएकी भए
खुसी हुन्थे
अब जल्नुछैन
पागलिनुछैन जसरी मैनवत्तीको मैन
च्यापी काखीमा .
त्रिपाल र चामल मुस्कुराउँछन्
पुछि साईलीको सिउँदो
नेपाल आमालाई पनि रुवाउँछन् ।

वैदेशिक रोजगार बन्द गरी
बाकस भित्राउन कहिले रोक्ने ?
प्रश्न सोध्दा भाषणमा
उखान टुक्का मात्र मिसाउँछन् ।
मुखमा रामराम बगलीमा छुरा छ रे !
घुस चपाउने जिब्रोले नै
विकासको कथा गाउँछ रे !
पहिले तपाईं एक्लो परिवर्तन
हुनुस् न रमु काका

इमान्दारिता फैलिनेछ
जसरी फैलिन्छ झार लहरे
प्रश्न त कयौं छन् दबेका, लुकेका
साराको उत्तर छ विकाससँगै जोडेका
मुर्दाको देश भनी नचिनाउन नेपाललाई
ईश्वरले हामीलाई नै काम छन् सुम्पेका
अब उठौँ, जागौँ र बदलौँ.
देशको हाल

बदलौँ आफ्नो हिँड्ने चाल
प्रश्नका प्वालहरू टाल्दै जाऔँ
हातमा हात राखेर भनौँ  ।

जय नेपाल
सम्बृद्धि देव
कक्षा १२, हेटौँडा स्कूल अफ म्यानेजमेन्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*