राक्सिराङमा शनिबार स्वास्थ्य शिविर सम्पन्न

हेटौंडा टुडे
१० आश्विन २०७८, आईतवार १५:३५

हेटौँडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकामा  शनिबार शिविर सम्पन्न भएको हो । राक्सिराङ गाउँपालिकाको आयोजना, विटविन एण्ड वेल्सन प्रोजेक्ट नेपाल र लाइभ्स इन नेपालको समन्वय तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो ।

राक्सिराङ–३ स्थित सूर्योदय मावि परिसरमा भएको शिविरमा महिला तथा प्रसुती स्वास्थ्य, बालस्वास्थ्य तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बिशेष गरी महिलामा देखा पर्ने पाठेघर सम्बन्धी समस्या, बालबालिकामा हुने कुपोषणको परीक्षण गरिएको थियो । उक्त शिविरमा करिब ३ सय २१ जनाले सेवा लिएका छन् । जसमा केही ज्येष्ठ नागरिक र बालबालिका रहेका छन ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमर अधिकारीका अनुसार हेटौंडा अस्पतालबाट ७ जना चिकित्सक खटिएका थिए । जसमा फिजिसियन डा.मिथिलेश ठाकुर, डा. रोज लामिछाने, डा.सुजता पन्त लगायतको स्वास्थ्यकर्मीको समूहले स्वास्थ्य परीक्षण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*