जसपाबाट यी नाम चर्चामा, कोको बन्दैछन् मन्त्री ?

हेटौंडा टुडे
२०७८ आश्विन १४, बिहीबार १२:४६ गते

हेटौँडा/  जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको छ । जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको छ ।

प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि जसपाबाट सरकारको नेतृत्व श्रेष्ठले गर्ने भएका हुन् । यस्तै, जसपाबाट महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै भएको समाचार राजधानी दैनिकले आजको अंकमा छापेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*