
हेटौँडा । मकवानपुरगढीमा रहेको सामरि खोलामा एक बालिकाको मृत्यु भएको छ । आज बुधवार अपरान्ह मकवानपुरगढी ६ कि की स्थानीय १३ बर्षीया मिनी बि। पौडी खेल्ने क्रममा खोलामा डुब्दा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
आफ्नो दिदि र छिमेकिसंग सामरी खोलामा पौडी खेल्ने क्रममा दहमा रहेको ढुङ्गामा अड्कीन पुगी डुबेर मृत्यु मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन। घटनास्थललाई सुरक्षित राखेर शवको मुचुल्का उठाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको जनाइएको छ।

सेयर गर्नुहोस्