क्याम्पाडाँडामा ड्युटीमा बसेका प्रहरीलाई स्कुटरले ठक्कर दिदा ३ जना घाइते

हेटौडा टुडे
२ कार्तिक २०७८, मंगलवार २०:५९

हेटौंडा ।  हेटौंडा-५ क्याम्पाडाँडा माछाप्लानमा आज साझ स्कुटरले ठक्कर दिंदा २ प्रहरी सहित ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा वडा प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी हवल्दार नबराज श्रेष्ठ, प्रहरी जवान हरिस ओड र स्कुटर चालक रहेका छन् ।
ओडलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन लैजाने तयारी भइरहेको छ भने श्रेष्ठ र मोटरसाइकल चालकको हेटौंडाको सन्चो हस्पिटलमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
हेटौंडा-५ क्याम्पाडाँडामा ड्युटीमा बसेेेका  प्रहरी लाई बा ५३प ७४३३ नम्बरको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*