बागमतीका मन्त्री सुवेदीद्वारा आफ्नो पारिश्रमिक जेष्ठ नागरिक केन्द्रलाई

हेटौंडा टुडे
११ कार्तिक २०७८, बिहीबार १३:१८

हेटौँडा/ बागमती प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री विजय सुवेदीले आफुले मन्त्री पदमा रहँदा पाएको एक महिनाको पारिश्रमिक वापतको रकम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१० गेष्टहाउस चौरमा रहेको दुर्गा मन्दिरमा जेष्ठ नागरिक अध्यययन तथा मनोरंजन केन्द्रलाई हस्तान्तरण गर्नु भएको छ ।

उहाँ ४९ दिन मन्त्री पदमा रहनुभयो । त्यस मध्यको एक महिनाको पारिश्रमिक ६० हजार ३ सय २० रुपैयाँ जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार तिमल्सेनालाई आजै हस्तान्तरण गर्नुभयो । मन्त्री हुँदाको अवधिमा गरेका दर्जनौ कामको विवरण उहाँले सुनाउनुभयो ।

पद्मा रहेको बेलामा गरेका सबै कामको विवरण आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै निस्कनु भएको थियो । सामाजिक विकास मन्त्रालयले शिक्षा, महिला तथा बालबालिका, खेलकुद, युवाको क्षेत्रमा गरेका कामको विवरण सार्वजनिक गर्नु भएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*