तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा मुक्तान

हेटौडा टुडे
१२ कार्तिक २०७८, शुक्रबार १८:०५

हेटौडा/ तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा जयराम मुक्तान चयन भएका छन् । संघको शुक्रबार हेटौंडामा भएको तेस्रो जिल्ला अधिवेशनबाट मुक्तानको नेतृत्वमा ९ कार्यसमिति सर्वसम्मत चयन भएको हो । त्यस्तै, संघको उपाध्यक्षमा सुनु थिङ, सचिवमा सन्देश थिङ, सहसचिवमा सुनसानी थिङ, कोषाध्यक्षमा भुवन घलान, सदस्यमा रविन्द्र वाईबा, जमुना थिङ, इमान घलान र मेनुका बललाई सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रम संघका कार्यबाहक अध्यक्ष जनक तामाङको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका उपमेयर मिना कुमारी लामाको प्रमूख अतिथ्यतामा भएको हो । कार्य्रकममा बोल्दै प्रमुख अतिथि लामाले तामाङ पत्रकारिता उत्थानको लागि उपमहानगरपालिका सहयोग गर्न संधै प्रतिबद्ध रहेको बताइन् । मकवानपुर जिल्ला तामाङहरुको बाहुल्यता भए पनि निरन्तर रुपमा पत्रकारिता गरिरहेको तामाङ पत्रकारको संख्यामा निकै कमि भएको उनको भनाई छ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, तामाङ पत्रकार संघका केन्दिय सदस्य दुदुमाया सिन्तान, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, सचिव नवराज वाईवा, तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श सिं थोकर र तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनको अवसरमा तत्कालिन तामाङ सञ्चार समुह मकवानपुरका सस्थापक अध्यक्ष आदर्श सिं थोकरलाई सम्मान गरिएको थियो । त्यसैगरी, अधिवेशनले प्रदेश प्रतिनिधिको रुपमा भने केन्द्रिय प्रतिनिधिको रुपमा आदर्श सिं थोकर, जनक तामाङलाई छनौट गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*