हेटौँडा/ शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।बिहीबार प्रति तोला ९४ हजार रहेको सुनको मूल्य आज ४ सयले बढेर तोलाको ९४ हजार ४ सय कायम छ।
त्यसैगरी बिहीबारको तुलनामा चाँदी पनि ३५ रुपैयाँले बढेको छ। मुल्य बढेसँगै चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सेयर गर्नुहोस्