हेटौंडा/नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन शुक्रबार भएको निर्वाचन प्रकृयाबाट मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ (क) को सभापतिमा खड्ग बहादुर गोपाली निर्वाचित भएका छन् । गोपालीले सभापतिका अर्का प्रतिस्पर्धि सुजन गोपालीलाई पछि पार्दै निर्वाचित भएका हुन ।
यसैगरी उपसभापतिमा ईश्वरी शाहीठकुरी र रन्जन कठायत विजयी भएका छन् । यस्तै सचिवमा नरहरी गोपाली र राजेशबाबु सापकोटा विजयी हुँदा सहसचिवमा रामशरण गोपाली समिता रसाइली विजयी भएका छन् ।
२ को ख बाट प्रदेश प्रतिनिधि तर्फ खुला प्रत्यक्षमा विकेशलाल श्रेष्ठ, मिलन पुडासैनी, अच्युत अधिकारी, प्रविण हुमागाई, दिनेश शिवाकोटी, रुपक बानियाँ र रामकृष्ण लामिछाने विजयी भएका छन् ।
यसैगरी खसआर्य तर्फ सन्तोष चौलागाई विजयी भएका छन् भने महिला तर्फ जानकी गिरी निर्विरोध भएकी छिन् । यस्तै आदिबासी जनजाति पुरुषतर्फ नेत्रमान प्रधान र विकास बलामी विजयी हुँदा महिला तर्फ भवानी प्रधान र सञ्जिता घलान निर्विरोध निर्वाचित भएका छिन् । यस्तै दलित तर्फभने पुरुषोत्तम विश्वकर्मा र अपाङ्गता तर्फ राजाराम नेपाल निर्विरोध चयन भएका छन् ।


















