कांग्रेस बागमती प्रदेश सभापतिमा बानियाँले ल्याए बढि मत, पुन: मतदान हुने

टुडे संवादाता
२०७८ मंसिर १९, आईतवार ०५:३२ गते

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँले धेरै मत ल्याएका छन् ।
सभापतिमा पहिलो हुने बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका छन् । बढि मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए ।
कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन मतदान हुने भएको छ । पुनः मतदान आइतबार हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*