सोमबार सुनको मुल्यमा गिरावट

हेटौंडा/सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेर ९३ हजार १०० मा आएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार ४००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ। जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २६५ मा आएको महासंघले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।