मकवानपुरमा आज मात्र ५८ जनामा कोरोना पुष्टि

टुडे संवादाता
२७ पुष २०७८, मंगलवार १८:३३

हेटौंडा । मकवानपुर आज ५८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ९८ जनाको कोरोना परिक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

आज सोमबार जिल्लामा ६० जनामा पिसिआर र ३८ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमशः ३८ जना र २० जनामा गरेर ५८ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेहरुमा ३७ जना हेटौंडा उपमहानगरपालिका भित्रका १ जना थाहा नगरपालिका र २० जना मनहरी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १३३ जना पुगेको छ । जसमा ७ जना संस्थागत आइसोलेसनमा बसेको छन् भने १२६ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*