हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको मानव सेवा आश्रमलाई चार लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरिएको छ । आश्रममा आश्रीतहरु सबैजसोलाई मनोरोग लगायतका बिभीन्न रोगबाट समस्यामा रहेकाले वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले औषधी हस्तान्तरण गरेका हुन् । आश्रममा रहेका धेरैजसोले नियमित औषधी खानुपर्ने बाध्यता रहेको छ । औषधी सहयोगले आश्रममा धेरै राहत पुगेको छ । हाल आश्रममा २ सय जना आश्रित रहेका छन् ।
सेयर गर्नुहोस्