हेटौंडा । पालुङ जेसिसको मातृत्वमा मकवानपुरमा रहेको मकवानपुरगढी गाउपालिकामा जेसिस खुल्ने भएको छ । आज सनिबार मकवानपुरगढी जेसिसका सदस्रीहरुलाई पालुङ जेसिसले पृ ईन्डक्सन तालिम प्रदान गरिएको छ । पालुङ जेसिसका अध्यक्ष जयराम खत्रीको सभाअध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थियो । कार्यक्रममा तालिमको पालुङ जेसिसका पुर्ब अध्यक्ष सुरेन्द्रमान प्रदानले सहजीकरण गर्नु भएको थियो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले आफ्नो पालिकामा जेसीज स्थापना हुन लागेकोमा खुसी व्यक्त गर्दै बौद्धिक नेतृत्व विकासका लागि कोशे ढुङ्गा साबित हुने बताउनु भयो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका ३ का वडाध्यक्ष भागवत घिमिरे, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्ष भरत गोपाली, मनोज रायमाझी र सम्भावित मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले मन्तव्य व्यक्त गर्नुभयो ।
यसअघि हेटौंडा जेसीजमा आबद्ध भएका तथा विभिन्न पदमा रहेर अनुभव बटुलिसकेका पुष्पराज पुडासैनीको अध्यक्षतामा आज गढीमा नयाँ जेसीज प्रस्ताव गरिएको छ । आगामी वर्ष वीरगञ्जमा हुने राष्ट्रिय महाधिवेशनबाट यस जेसीजले पूर्ण रुपमा स्थापित हुनेछ । प्रस्तावित गढी जेसीजका अध्यक्ष पुडासैनीले भने । हाल हेटौंडा जेसीजमा आबद्ध रहेका रोशन सापकोटा, इरोज न्यौपाने, सुनिल सुवेदी लगायत युवाहरु हाल गढीमा आबद्ध भएका छन् । ‘अझै धेरै साथीहरु जोडिनु हुनेछ ।’, पुडासैनीका अनुसार ५१ जना युवाहरु प्रस्तावित गढी जेसीजमा आबद्ध छन् ।






















