सन्चारकर्मी देबकोटाले मनाए आफ्नो जन्मोत्सव ज्येष्ठ नागरिक आश्रयस्थलमा

हेटौडा टुडे
२० माघ २०७८, बिहीबार १८:१०

संयम मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक देबकोटा कान्छो मनोजले आज परेको आफ्नो र पिताको जन्मोत्सव (बर्थ डे)  हेटौंडा १५ मा अबस्थित दिब्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमाका बुवा आमा सङ मनाएका छन।

देबकोटाले आफ्नो ३२ औ र आफ्नो बाबाको ६२ औ (बर्थ डे )  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको बृद्ध आश्रमका बुवा आमा सङ मनाएका हुन।

बिगत एक दसक भन्दा लामो समय रेडियो पत्रकारिता बाट मकवानपुर जिल्लामा आफ्नो बेग्लै परिचय बनाएका देबकोटा कान्छो बिगत दुई बर्ष देखि अनलाईन पत्रकारिता गर्दै आएका छन । संयम मिडिया प्रा. लि. द्वारा संचालित हेटौंडाको प्रतिनिधि अनलाइन पत्रीकाको रुपमा परिचित हेटौंडा टुडे डट कम अनलाईन पत्रकारिता सङै देबकोटा पछिल्लो समय युटुबमा हेटौंडा टुडे को नामबाट भिडियो पत्रकारितामा पनि ब्यस्त रहेका छ्न ।

उनले येष्ठ नागरिक आश्रयस्थलमा रहेका बृद्ध बृद्धा सङ केक काटेर र एक दिनको खाना खाजा खुवाएर आफ्नो र आफ्नो पिताको जन्मोत्सव मनाएका हुन। देबकोटाले जन्मोत्सव अनावश्यक तडक भडक गरेर मनाउनु भन्दा बृद्ध बृद्धा बुवा आमाहरुसँगै रहेर आफ्नो जन्मदिन मनाउदा खुशी मिलेको बताउदै ज्येष्ठ नागरिक आश्रयस्थललाई मिडियाको मर्फतबाट थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन।

कार्यक्रममा देबकोटाकी धर्मपत्नी सन्नु रिजाल ,पिता रामशरण देबकोटा , हेटौंडा टृडेकर्मी सागर सापकोटा , गौरभ अर्याल मकवानपुरे टिक टक स्टार र अहिले सामाजिक सन्जालमा भाईरल बनेकि मकवानपुरे दोहोरि गायिका सीता लम्साल र उहाको टिमको उपस्थिति रहेको थियो।

देबकोटा आफुले जिबनमा यस्तो खालको जन्म दिन पहिलो पल्ट मनाएको पनि अनुभव बताउनु भयो । आफुले आज भन्दा अगाडिका जन्म उत्सबहरु भडकिलो , खर्चिलो तबरबाट मनाउने गरेकाले आजको यो जन्म उत्सबले आफुलाई आत्मा सन्टुटी भएको पनि बताउनु भयो ।

पुरा भिडियो हेर्न लागि

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*