हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ शिखरकटेरीमा ट्याक्टरबाट लडेर एक युवकको ज्यान गएको छ।
शुक्रबार राति शिखरकटेरीमा अनटेष्ट ट्याक्टरमा बसेका मकवानपुरगढी-२ का २१ बर्षीय शुसिल विकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिसपी जयश्वर रिमालले बताएका छन।शुक्रबार राती उनी चढेको ट्याक्टरबाट खस्दा उनलाई सोही ट्याक्टरले किचेको र घटनास्थलमै ज्यान गएको बुझिएको छ। प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएपनि चालको भने फरार रहेको र खोजि कार्य भइरहेको जनाइएको छ।
घटनाको विरोधमा अहिले स्थानीयले लोकपथ अवरुद्ध गरेका छन। संभावित घटनालाई मध्यनजर गरेर घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
सेयर गर्नुहोस्






















