स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने

हेटौंडा टुडे
३ चैत्र २०७८, बिहीबार १९:३०

हेटौंडा । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने भएका जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगकाअनुसार पुन उम्मेदवार बन्ने जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको हो । । उक्त चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरू पनि उम्मेदवारका दाबेदार छन् । ‘पुनस्उम्मेदवार बन्ने जनप्रतिनिधिहरूले मनोनयपूर्व नै राजीनामा दिनुपर्ने गरी व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले भनेका बताउनु भयो

उक्त संहिता राजपत्रमा समेत प्रकाशन भइसकेको छ । प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ— ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*