एमालेको मकवानपुरगढी अध्यक्षमा विदुर हुमागाई नै उठाउने

हेटौंडा टुडे
२०७८ चैत्र २७, आईतवार १५:४१ गते

हेटौंडा ।  नेकपा एमालेले मकवानपुरगढी गाँउपालिकाको अध्यक्षमा विदुर हुमागाईलाई नै उठाउने निर्णय गरेको छ । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा विदुर हुमागाईलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेकोस्रोतले जनाएको छ । ।

हिजो सनिबार र आज आइतबार बसेको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले विदुर हुमागाईलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भई हुमागाईले अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*