हेटौंडास् विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेकपा एमाले हेटौंडा १० नं वडा कमिटीले चुनावी प्रचार प्रसार सुरु गरेको छ । आज बुधबार हेटौंडा १० स्थित न्युरेनी टोलमा एमालेको वडा कमिटीले चुनावी कार्यक्रमको आयोजना गरेको हो । नेकपा एमाले हेटौंडा १० नं वडा कमिटीका अध्यक्ष राजकुमार बिश्वकर्माको सभाध्यक्षतामा भएको सांस्कृतिक तथा आम सभा कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले जनताको बिश्वासलाई एमालेले नतोड्ने बताउनुभएको छ । आज हामीले मुलुकको बिकास र टोल टोलको बिकासको कुरा गरिरहँदा एमालेको मुल नारा पनि यहि भएको बताउनुभयो ।
नेकपा एमालेले जनताको अनुहारमा हाँसो कसरी ल्याउने, हाम्रो पीडा र ब्यथाहरु कसरी निर्मुल पार्ने, हाम्रो स्वास्थ्य, रोजगारी तथा सम्पुर्ण आवश्यकताहरु पूरा गर्न नेकपा एमाले मात्र सक्षम रहेको उहाँले दाबी समेत गर्नुभयो । नेकपा एमालेसँग यहि क्षमता छ, समृद्ध देश बनाउने भिजन छ भन्ने कुराको जनतामा रहेको बिश्वास एमालेले नतोड्ने उहाँले प्रष्ट पार्नुभयो । आसन्न स्थानीय तहको निर्वाचनमा सबै क्षेत्रमा एमाले बहुमतका साथ बिजयी हुने र निरन्तर बिकास निर्माणको काममा एमाले लाग्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।


















