डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

हेटौंडा टुडे
८ बैशाख २०७९, बिहीबार ११:११

हेटौडा/ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने भ्रमणका लागी आज नेपाल आउँदै छन् । आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आईपुग्ने महानिर्देशक गेब्रेयससको साथमा डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू समेत आउने बताईएको छ ।

नेपाल भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्ने स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जानकारी दिए । गेब्रेयसस नेतृत्वको टोली वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।

डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने कार्यक्रम रहेको भने महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*