वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको असर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दए ।
‘प्रतिनिधिसभा विघटन र संसद विघटन स्वभाविक प्रक्रियामा थियो । तर त्यसलाई २०७८ असार २८ को परमादेश जनादेशलाई ठाडो चुनौती र निकृष्ट काम हो’ घोषणापत्र मस्यौदा समितिका संयोजक समेत रहेका ईश्वर पोखरेलले भने, ‘मुलुकलाई प्रतिगमनमा लैजाने काम भयो । आपराधिक प्रयत्न थियो । अदालतमा मजाक विषयमा । अविश्वनीय बन्दै गएको छ ।’