मकवानपुरमा आज भएको स्थानीय तहको निर्वाचन शान्तिपुर्ण रुपमा समपन्न भएको बताईएको छ । बर्षाको कारण केही समय मतदानमा समस्या देखिएपनि उत्साहजनक रुपमा मतदाताहरुले मतदानमा भाग लिएको पाईएको छ । हेटौडा उपमहानगरपालीकाका प्रमुख निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले हेटौडानगर क्षेत्रमा शान्तिपुर्ण मतदान भएको बताउनु भयो । । यसै बिच हेटौडा उपमहानगरपालीकाको सम्पुर्ण वडाहरुको मतगणना आजै राती हेटौडाको सिदार्थ स्कुलमा हुने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो । उहाँले सबै मतपेटिकाहरु आईसकेपछि मतगणना गर्ने जानकारी दिनु भयो । मतमगणना स्थलमा संचारकर्मीहरुको लागी आबद्धसंचार संस्थाको परिचयपत्रले रिपोटिग गर्न सकिने श्रेष्ठले बताउनु भयो ।
मकवानपुरको १० स्थानीय तहमा रहेका मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान भएको हो । विहान ७ बजेदेखि नै मतदान केन्द्रहरुमा मतदाताको बाक्लो उपस्थिति रहेको छ । निर्वाचन केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ मतदानको व्यवस्था गरिएको थियो । मकवानपुरको ३ सय ५६ मतदान केन्द्रबाट २ लाख ९४ हजार ९ सय १९ मतदाता रहेपनि कतिले मतदान गरे रिपोर्ट आउन बाँकी रहेको छ ।