को हुन हेटौंडाको उपमेयरमा बिजयी राजेश बानियाँ ?

हेटौडा टुडे
७ जेष्ठ २०७९, शनिबार १३:४८

हेटौंडा ।   हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा गठबन्धन तर्फका नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी एमालेकि सुमित्रा काफ्लेलाई पछी पार्दै जित हासिल गरेका हुन् ।

को हुन् राजेश बानियाँ

“राजनीति पेशा होइन,समाज सेवा हो” भन्ने मूल भावनाका साथ राजनीतिमा होमिएका व्यक्ति हुन्, राजेश बानियाँ । हेटौंडा–५, पिप्लेका स्थायी बासिन्दा रहेका उनी नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ ९ख० का सभापति हुन् ।करिब २५ वर्षदेखि विभिन्न संघसंस्थामार्फत् समाजसेवामा सक्रिय उनी २०३६ साल वैशाख २९ गते वुवा वीरेन्द्रबहादुर र आमा नर्वदा बानियाँको सन्तानको रुपमा हेटौंडामा जन्मिएका हुन् ।

उनी २०५० सालदेखि कांग्रेसमा रहेर सक्रिय राजनीति गरिरहेका छन् । स्थानीय बालज्योति उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका बानियाँले मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

अमेरिका, क्यानडा युकेजस्ता समृद्धि मुलुकको व्यवसायीक भ्रमणपश्चात् उनले सक्रिय राजनीति गर्ने प्रण गरेका थिए । लामो समय सामाजिक अभियान्ताको रुपमा सक्रिय बानियाँ २०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट लोकप्रिय मतसहित हेटौंडा–५ को अध्यक्ष निर्वाचित भएका थिए । जनप्रतिनिधि भएपश्चात् राज्यबाट प्राप्त सम्पूर्ण सेवासुविधा उनले विशेष गरी बालबालिकाको क्षेत्रमा खर्च गरे ।

वडा अध्यक्ष रहँदा ५ बर्षसम्मको सेवा सुविधा उनले शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा पनि खर्चे । सेवा सुविधाबाट राज्यबाट प्राप्त मासिक २८ हजार ७ सय १० रुपैयाँ तलबमध्ये बालज्योति उमाविलाई मासिक २० हजार र श्री लक्ष्मी आधारभुत विद्यालयमा ८ हजार ७ सय १० रुपैयाँ गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि बानियाँले उपलब्ध गराउँदै आएका थिए ।

उनले वार्षिकरुपमा पारिश्रमिकवापत आउने ३ लाख ४४ हजार ५२० रुपैयाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माविको ३ कोठे भवन निर्माणको लागि उपलब्ध गराएका थिए । विद्यालयले कक्षा कोठा अभाव भएको जानकारी गराएपछि १५ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरिदिएको बानियाँले बताए । स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्रलाई उनले एम्बुलेन्स हस्तान्तरण गरे ।

एम्बुलेन्स खरिदको लागि १४ लाख ५० हजार रुपैयाँ खर्चेको उनी बताउँछन् । उनले व्यक्तिगत खर्चमा वडावासीको १ सय २५ भन्दा बढी आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् ।उनले तरुण दल र अन्य भातृ संगठनमा रहेर काम गरेको अनुभव बटुलेका छन् । उनी २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुर र लायन्स क्लबको संस्थापक अध्यक्षसमेत हुन् ।

पिप्ले युवा क्लबको अध्यक्षहुँदा उनले पिप्ले क्याम्पा रंगशालाको काम अगाडि बढाएका थिए । ‘पिप्लेक्याम्पा रंगशालाले अहिले एउटा स्वरुप लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*