हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित पारिजातपथमा कोकिजा ब्युटी पार्लर एण्ड टेनिङ्ग सेन्टरको उद्घाटन गरिएको छ ।बुधबार एक कार्यक्रमका बिच पार्लरकी संचालक ?पा अर्यालकी बुवा शंकर प्रसाद अर्याल र जिल्ला युवा समितीका अध्यक्ष शिबहरि दाहालले एक कार्यक्रमबिच रिवन काटेर उक्त पार्लरको उद्घाटन गरेका हुन् ।
ब्युटिसियन सम्बन्धि तालिम र ब्युटिसियन सम्बन्धि सम्पुर्ण काम गर्ने उद्देश्यका साथै बेरोजगारीलाई रोजगार दिने अभिप्रायले पार्लर खोलिएको पार्लर संचालक (प्रोपाईटर) रुपा अर्यालले जानकारी दिनुभयो । संचालक अर्यालले पार्लर करिब २० लाख ?पैयाँको लगानीमा सञ्चालनमा ल्याएको पनि बताउनुभयो।
पार्लरको उद्घाटन कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनका नेत्री गिता कडरिया मैनाली लगायतको ब्युटिसियनह?को उपस्थित रहेको थियो ।
सेयर गर्नुहोस्

















