हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ अब देखि जथाभाबि सवारि साधन सिक्न नपाउने भएको छ । ८ नम्बर वडा कार्यालयले वडाभित्र सिकारु गाडी चलाउन निश्चित स्थान तोक्दै प्रतिबन्ध लगाएको छ।
सिकारु गाडीका कारण दुर्घटनाको जोखिम हुने भएकाले वडा कार्यसमितिको बैठकनै बसेर सिकारु गाडी चलाउन निश्चित स्थान तोक्दै प्रतिबन्ध लगाएको हो।
हेटौंडा ८ का वडाध्यक्ष रामकृष्ण थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा कालिका टोलीसँग जोडिएको खाली जग्गा र कर्रा पुल पारिको सनउड कोलोनीमा मात्र सिकारु गाडी चलाउन अनुमति दिएको हो । तोकिएको स्थान भन्दा अन्त चलाए कानुनअनुसार कारवाह गरिने जनाइएको छ।
विज्ञप्ती

सेयर गर्नुहोस्
















