पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घटाउने सरकारको घोषणा

हेटौंडा टुडे
२०७९ असार ११, शनिबार १३:२० गते

सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।आज शनिबार आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् । बडुका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ ।  घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*