वामदेवले गरे नयाँ पार्टीको घोषणा

हेटौंडा टुडे
२०७९ असार १४, मंगलवार १६:३० गते

हेटौडा । नेता वामदेव गौतमले काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गरेका छन्। ‘नेकपा एकता राष्ट्रिय अभियान’ नाम राखिएको पार्टीको संयोजकमा गौतम नै छन्। ६८ जना सदस्य रहेको केन्द्रीय कमिटी बनाइएको छ। पार्टीको मूल उद्देश्य नै वाम बनाइएको उनले बताएका छन्।

राष्ट्रिय सभाका सांसद रहेका गौतमले कम्युनिष्ट दलहरूलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन्। सर्वोच्च अदालतले नेकपा विघटन गरेर एकता गरेका दुई दललाई पुरानै स्वरूपमा फर्काइदिएपछि उनी तटस्थ रहँदै आएका थिए।उनले घोषणा गरेको पार्टीको केन्द्रीय समन्वय समिति सदस्यहरूको सूचीको पहिलो नम्बरमा वामदेव गौतम छन् भने उनकी श्रीमती तुलसालाई दोस्रो नम्बरमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*