हेटौंडा । दारी ग्याङ्ग हेटौडा र परोपकारी युवा सञ्जाल नेपालको सहकार्यमा आज लेनडाँडा प्रा।वि का विद्यार्थीहरुलाई सहयोग गरेको छ । मकवानपुरगढी गाउँपालिका १ स्थित लेनडाँडामा रहेको लेनडाँडा प्रा।वि।का ४० जना विद्यार्थीहरुलाई कापी, कलम, इरेजर, पानी खाने बोतल, टिफिन बक्स, एकएक जोर ट्र्याक सुट वितरण गरिएको थियो ।
सहयोग कार्यक्रममा कलाकारहरु कामेश्वर चौरसिया, रिवाज आचार्य, लगायतको उपस्थिती थियो भने, परोपकार युवा सन्जालका रमेश सापकोटा बाबू श्रेष्ठ तथा दारी ग्याङ्ग हेटौडाका सदस्यहरु उपस्थित रहेको थियो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर भुलन, विद्यालयका प्रध्यानाध्यापक सकुन्तला गिरि लगायत अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो ।
सेयर गर्नुहोस्






















