हेटौंडामा दुई सातामा ९४ जनामा डेङ्गु

हेटौडा टुडे
२२ श्रावण २०७९, आईतवार १२:२९

हेटौंडा । हेटौंडामा डेङ्गुका बिरामी बढ्दो क्रममा रहेका छन् ।लामखुट्टेको टोकाइका हुने डेङ्गुका बिरामीको संख्या पछिल्लो दुई सातामा ९४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनले पछिल्लो दिनहरुमा दिनानुदिन डेङ्गुका बिरामीहरु बढ्दै गएको बताए । उनले जिल्लाको सबैभन्दा बढी डेङ्गुका बिरामी हेटौंडा उपमहानगरपालिकामा देखिएको बताए । यसैगरि,उनका अनुसार दुई सातामा स्क्रबटाइफसका बिरामी १५ जना र कालाजारका बिरामी १ जना देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*