हेटौंडामा बन्दको प्रभाव सामान्य,शैक्षिक संस्था र कलकारखाना भने बन्द

हेटौंडा टुडे
२०७९ भाद्र ७, मंगलवार ०८:०५ गते
file photo

हेटौंडा । विप्लव नेतृत्वको नेकपा सहित ४ दलले तिन बुँदे माग सहित आज आह्वान गरेको नेपाल बन्दको प्रभाव हेटौंडामा सामान्य देखिएको छ ।
सडकमा बन्दकर्ता नभएता पनि हेटौंडाका शैक्षिक संस्था,कलकारखाना बिहान देखि बन्द रहेका छन्। बन्दका कारण विद्यालय र क्याम्पस पुगेका विद्यार्थी घर फर्किएका थिए।

हेटौंडा हुदै अन्यत्र जाने लामो तथा छोटो दुरीका मालवाहक र यात्रुवाहक सवारी चल्न सकेका छैनन। दुई पाङ्ग्रे तथा तिन पाङ्ग्रे सवारी भने निर्वाध रुपमा चलेका छन्। एम्बुलेन्स,दुध तथा पानी ढुवानी गर्ने सवारी,इन्धन बोकेका सवारी,प्रेसका गाडी चल्न दिइएको छ। बन्दका कारण हेटौंडा बजार क्षेत्र सुनसान रहेको छ। बन्दलाई मध्यनजर गर्दै बजारको मुख्य चोकमा प्रहरी तथा अन्य क्षेत्रमा प्रहरीको गस्ती टोली खटाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताएका छन्।

बन्दको पूर्वसन्ध्यामा हिजो सोमबार साझ राँके जुलुस प्रर्दशन गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी सहित संयुक्त सर्घष समितिले हेटौडाको लोकप्रिय चोक देखी मउबासंघ चोक सम्म राके जुलु निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*