हेटौंडा । विप्लव नेतृत्वको नेकपा सहित ४ दलले तिन बुँदे माग सहित आज आह्वान गरेको नेपाल बन्दको प्रभाब दाङमा पनि देखिएको छ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।
चार पाँच जनाको समूहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगजनी गरि भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।
घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरुको खोजि सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।
सेयर गर्नुहोस्






















